Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसपोर्ट लघुवित्त वित्तीय संस्थाले ३१ प्रतिशत लाभांश दिने

सपोर्ट लघुवित्त वित्तीय संस्थाले ३१ प्रतिशत लाभांश दिने


काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले ३१ दशमालव ५७ प्रतिशत अर्थात् दुई करोड आठ लाख ४२ हजार एक सय पाँँच रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफामध्येबाट हाल कायम रहेको कुल चुक्ता पुँजी छ करोड ६० लाख रुपैयाँको ३१ प्रतिशत अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

घोषित लाभांशमध्येमा ३० प्रतिशत अर्थात् एक करोड ९८ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजन समेतको लागि एक दशमालव ५७ प्रतिशत अर्थात् १० लाख ४२ हजार एक सय पाँच रुपैयाँ २६ पैसाबराबरको नगद लाभांश रहेको छ । लाभांश वितरणका सम्बन्धमा संस्थाको पछिल्लो पटक बसेको एक सय ६८औँ बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया