Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंकको डिबेन्चरमा मागभन्दा बढी आवेदन

कुमारी बैंकको डिबेन्चरमा मागभन्दा बढी आवेदन


काठमाडौं, माघ १६
कुमारी बैंकको डिबेन्चरमा मागभन्दा बढीको आवेदन परेको छ । बैंकको डिबेन्चरमा सर्वसाधारण लगानीकर्ताले एक अर्ब ३० करोड मूल्यबराबरका लागि १३ लाख कित्ता आवेदन दिएका हुन् । बैंकका अनुसार एक अर्ब २० करोड मूल्यबराबरको १२ लाख (४० प्रतिशत) एकाइ माग गरिएकोमा एक लाख कित्ता बढी आवेदन परेको हो । बाँकी १८ लाख एकाइ भने बैंकले अन्य संघसंस्थालाई बिक्री गरिसकेको छ । कुमारी बैंक डिबेन्चर २०८६ लाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय सूचक औसतभन्दा राम्रो जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरूलाई चुक्तापुँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरेपश्चात् पछिल्लो समय सबैजसो बैंक ऋणपत्र निष्काशनमा जुटेकामा कुमारी बैंकले पनि तीन अर्ब रूपैयाँबराबरको ऋणपत्र पुस १४ गते निष्काशन गरेको थियो । बैंकले एक हजार रूपैयाँ अंकितदरका १० वर्ष भुक्तानी अवधि भएको वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी गर्नेगरी ३० लाख इकाइ ऋणपत्र निष्काशन गरेको हो । ऋणपत्रको ब्याज भुक्तानी हरेक साउन १ र माघ १ मा हुनेछ । सावा १० वर्षपछि अर्थात् २०८६ सालमा एकमुष्ट फिर्ता हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया