Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहुली लघुुवित्तको नाफा दुई करोड ३२ लाख

महुली लघुुवित्तको नाफा दुई करोड ३२ लाख


काठमाडौँ । महुुली लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुई करोड ३२ लाख ५६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड पाँच लाख ४७ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २८ करोड २१ लाख ६९ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा एक अर्ब ३६ करोड १६ लाख छ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५९ करोड ८८ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड छ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड २९ लाख ६८ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ४२ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब आठ करोड ८१ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ४१ करोड ६७ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ५२ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ९२ लाख ५८ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ४१ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया