Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंक र सहजबीच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई प्रवर्द्धन गर्न सम्झौता

नबिल बैंक र सहजबीच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई प्रवर्द्धन गर्न सम्झौता


काठमाडौं । नबिल बैंक र सहजबीच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवर्द्धन एवं सुदृढीकरणका लागि सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई गुणस्तरीय र नवीनतम बैंकिङ सेवा प्रदान गर्ने नबिल बैंकले स्वीस कन्ट्याक्ट (प्रमुख एजेन्सीको रूपमा) र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार र विकास केन्द्रद्वारा कार्यान्वयन गरिएको स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडीसी) परियोजना सहजबीच प्रदेश नं. १ मा वित्तीय समावेशीकरण वृद्धि गरी कृषि उद्यम प्रवर्द्धन गर्दै कृषि क्षेत्रको सुदृढीकरण गर्ने उद्देश्यले उक्त सम्भौता गरेको जानकारी दिएको छ । सोहीअनुसार बैक र सहजबीच परियोजना तयार गरिएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत, अनिल केशरी शाह र स्वीस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर, सञ्जय कार्कीले एक विशेष समारोहका बीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । परियोजनाको सम्बन्धमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले नबिल बैंकले सदैव वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आएको र कृषि क्षेत्रमा गरिने कर्जा प्रवाहले नेपालको अर्थतन्त्रको दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । त्यस्तै स्वीस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर सञ्जय कार्कीले जनता र समुदायको जीवनमा सुधार गर्ने दिगो अवसरहरू सिर्जना गर्न एवं त्यसलाई आकार दिन निजी क्षेत्रका संस्थाहरू र सम्बन्धित सरोकारवालाहरूसँग साझेदारीमा स्वीस कन्ट्याक्ट नेपाल विश्वास गर्ने बताए ।

नबिल बैंकले समृद्ध र समावेशी कृषि क्षेत्रको विकास गर्न दिएको प्राथमिकतालाई आत्मसात् गर्दै स्वीस कन्ट्याक्ट नेपालको प्रमुख परियोजना सहजले बैंकलाई आफ्नो विद्यमान क्षमतामा सुधार गर्न र प्रदेश १ मा स्थित कृषि व्यवसायलाई नवीन सेवा तथा उत्पादनहरू प्रदान गर्नका लागि वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउन नबिल बैंकसँग साझेदारी गरेको हो ।

यस सम्झौताअन्तर्गत बैंकले हाल कृषि व्यवसायीलाई उपलब्ध गराउने कर्जा सुविधा प्रक्रियामा विशेष सुधार गरी प्रदेश १ मा रहेका कृषि उद्यमी/व्यवसायीहरूको वास्तविक आवश्कताअनुकूल वित्तीय स्रोत र साधनमा पर्याप्त परिवर्तन ल्याउने यस नवीन कार्यमा सहजसँग साझेदारी गर्न पाउँदा नबिल बैंक गौरवान्भित छ । साथै, बैंकको दीर्घकालीन लक्ष्य ‘समृद्ध र समावेशी कृषि क्षेत्रको विकासमा’ प्राप्तिलाई सहजसँगको यस साझेदारीले थप उचाइमा पु-याउनेमा बैंक विस्वस्त छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया