Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक र ब्ल्याक बर्ड रेष्टुरेन्ट एण्ड लाउन्जबीच सम्झौता

सिटिजन्स बैंक र ब्ल्याक बर्ड रेष्टुरेन्ट एण्ड लाउन्जबीच सम्झौता


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ब्ल्याक बर्ड रेष्टुरेन्ट एण्ड लाउञ्ज प्रालि, ठमेलबीच सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले ब्ल्याक बर्डको सेवा सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ । बैकले देशैभरी फैलिएका आफ्ना एक सय ७४ वटा शाखा, एक सय २३ वटा एटीएम र एक सय १२ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १२ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा यस बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटल रुपमा प्रदान गरिरहेको छ । यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नं. बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको छ ।

साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकहरुलाई सकेसम्म बैंकमा नआईकनै बैंकिङ सुबिधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता संचालन गर्दै आएका ग्राहकहरुलाई बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, सेयर कारोबारको सहजीकरणका लागि डि—म्याट तथा आस्बा सेवा, कार्डलगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया