Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौं । सानिमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्साल, ब्लड डोनर एसोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तीनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको हो । बैंकको मुख्य कार्यालयअगाडि रहेको नन्दीकेश्वर बगैँचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

मंगलबार बिहान ९ बजेदेखि साुरु भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा सम्पूर्ण रक्तदाताहरूलाई धन्यवाद व्यक्त गरेका छन् । बंैकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । बैंकको सातै प्रदेशमा हाल एक सय १७ वटा कार्यालयहरू र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया