Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकोभिड भ्याक्सिनको डबल डोज लगाएकालाई एनआईसी एसियाको लगानी व्यवस्थापन सेवा निःशुल्क

कोभिड भ्याक्सिनको डबल डोज लगाएकालाई एनआईसी एसियाको लगानी व्यवस्थापन सेवा निःशुल्क


काठमाडौं । एनआईसी एसिया क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत कोभिड भ्याक्सिनको डबल डोज लगाइसकेका नेपाली नागरिकहरूलाई यही माघ ७ गतेदेखि २०७८ साल फागुन मसान्तसम्म निःशुल्क रूपमा लगानी व्यवस्थापन सेवा दिने घोषणा गरेको छ । विशेषगरी यो योजना कोभिड भ्याक्सिनको डबल डोज लगाई स्वास्थ सतर्कता अपनाएका तथा डबल डोज लगाउन प्रेरित गर्ने मुख्य उद्देश्यका साथ सञ्चालनमा ल्याइएको हो ।

यो योजनाअन्तर्गत लगानीकर्ताहरूलाई लगानी व्यवस्थापन सेवा लिँदा पहिलो वर्ष निःशुल्क रूपमा सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । क्यापिटलले धितोपत्र बजार तथा मुद्रा बजारको समग्र अवस्थाको राम्रोसँग अध्ययन अनुसन्धान गरेर मात्र लगानीसम्बन्धी निणर्य लिने व्यहोरा समेत जानकारी गराइन्छ । पछिल्लो समयमा पुनः कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दो क्रममा रहेकाले घरमै सुरक्षित रूपमा बसी अनलाइनमार्फत सहजै लगानी व्यवस्थापन सेवा लिन सकिने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x