Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको सिटिजन्स स्मार्ट बचत खाता

सिटिजन्स बैंकको सिटिजन्स स्मार्ट बचत खाता


काठमाडौं, माघ २३
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले युवावर्ग तथा प्रविधिमैत्री व्यक्तिहरूलाई लक्षित गर्ने अभिप्रायका साथ ‘सिटिजन्स स्मार्ट बचत खाता’ को शुभारम्भ गरेको छ । बैंकका अनुसार निक्षेप योजनाअन्तर्गत व्यक्तिगत ग्राहकहरूले यो खाता बैकको कुनै पनि शाखामार्फत शून्य मौज्दातमा खोल्न पाउनेछन् ।

योजनाअन्तर्गत ग्राहकहरूले निःशुल्क अन्तरशाखा कारोबार, अनलाइन कारोबार गर्न सुरक्षित थ्रिडी सेक्युर प्रविधिमा निःशुल्क दर्ता तथा निःशुल्क डिम्याट खाता खोल्न पाउनेजस्ता अनेकन आकर्षक सुविधाहरू उपलब्ध छन् । योजनाअन्तर्गत ग्राहकहरूले डेबिट कार्ड, ई–बैकिङ र मोबाइल बैकिङमा प्रत्येक वर्षको वार्षिक शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । यो खाताबाहकहरूले जुनसुकै एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । दैनिक मौज्दातमा छ प्रतिशत ब्याज गणना गरी त्रैमासिकरूपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको कुरा बैंकले जानकारी दिएको छ । यो खाता पूर्णरूपमा डिजिटल प्रविधि तथा कागजरहित (वातावरणमैत्री) हुने भएकोले यस खातामा बैकले चेक बुक तथा बैंक स्टेटमेन्ट भने उपलब्ध गराउने छैन ।

यस निक्षेप योजनाबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैकले हाल ८९ वटा शाखा, ९० वटा एटीएम र एक सय तीनवटा शाखारहित बैकिङ इकाइहरूबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैकिङ सेवाहरू प्रदान गर्दै आएको छ । ग्राहकवर्गहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया