Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसबैको लघुवित्तको नाफा पाँच करोड ७१ लाख

सबैको लघुवित्तको नाफा पाँच करोड ७१ लाख


काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा पाँच करोड ७१ लाख ८५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाले तीन करोड चार लाख ३८ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

हाल चुक्ता पुँजी २७ करोड रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा एक अर्ब १३ करोड ६४ लाख १५ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३७ करोड २६ लाख २७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १३ करोड ३१ लाख ७४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ४३ लाख २० हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ३४ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ७३ करोड २१ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ४६ करोड १२ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड ८८ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ५२ लाख २५ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ९४ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया