Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारशाइन रेसुङ्गा १४औँ वर्षमा प्रवेश, लुम्बिनी प्रदेशमा उदाहरणीय बनेको बैंक राष्ट्रियस्तरमा छुट्टै पहिचान बनाउँदै

शाइन रेसुङ्गा १४औँ वर्षमा प्रवेश, लुम्बिनी प्रदेशमा उदाहरणीय बनेको बैंक राष्ट्रियस्तरमा छुट्टै पहिचान बनाउँदै


काठमाडौं । कुनै समय १४/१५ ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाको केन्द्रीय कार्यालय रहेको रूपन्देहीमा हाल एउटा मात्र विकास बैंकको केन्द्रीय कार्यालय सञ्चालनमा रहेको छ । आर्थिक हबको रूपमा विकसित हुँदै गएको रूपन्देहीमा बैंक तथा वित्तीय संस्थाहरूका शाखा सञ्जालहरू पनि एकपछि अर्को गर्दै थपिँदै गएका छन् । विगतमा १४/१५ वटा ‘ख’ र ‘ग’ वर्गका बैंकको मुख्य कार्यालय रहने जिल्लाको रूपमा परिचित रूपन्देही अहिले त्यो कुरा इतिहास मात्र बनेको छ । अहिले रूपन्देही एउटा मात्र विकास बैंकको मुख्य कार्यालय रहेको छ । त्यो राष्ट्रिय विकास बंकको तुलनामा राजधानीबाहिर कर्पोरेट कार्यालय राख्ने बैंक समेत हो । त्यो बैंक हो शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक ।

देशभरका १७ वटा विकास बैंकहरूमा आफ्नो बेग्लै पहिचाहन बनाउँदै एकपछि अर्को सफलताको सिँढी चढ्दै गएको बैंक राजधानीकेन्द्रित अर्थतन्त्रलाई क्रमिक रूपमा राजधानीबाहिरबाट पनि अगाडि बढाउने उद्देश्यले रूपन्देहीमा केन्द्रीय कार्यालय राखेर स्थापित हुने जमर्को गरेको बैंकलाई आफ्नो योजनामा भरपुर सफलता मिल्दै गएको छ । अत्यधिक मात्रामा ग्रामीण क्षेत्रलाई समेट्दै अगाडि बढेको बैंक राष्ट्रियस्तरको विकास बैंक भएसँगै के गाउँ के सहर सबै क्षेत्रको आर्थिक विकासमा उच्च योगदान दिने उद्देश्यअनुरूप देशका मुख्य–मुख्य सहरहरूमा शाखा सञ्जालहरू विस्तार गर्दै अगाडि बढेको छ ।

पाँचवटा फरक–फरक क्षेत्रका विकास बैंकहरू मिलेर राष्ट्रियस्तरको विकास बैंक बन्न सफल शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले फागुन ११ गतेदेखि १४औँ वर्षमा प्रवेश गरेको छ । लुम्बिनी प्रदेशका जनताहरूले अति रुचाएको बैंकको रूपमा चिनिने शाइन रेसुङ्गा लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय हुने एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो । जनताद्वारा विश्वास गरिएको सवल र सुदृढ वित्तीय संस्था हो । छ करोड रुपैयाँ चुक्ता पुँजीबाट २०६५ साल फागुन ११ गते स्थापना भएको तत्कालीन शाइन डेभलपमेन्ट बैंक लिमिटेडमा ६६ जना संस्थापक सेयर सदस्यहरूको लगानीमा स्थापना भएको बैंक हो । साविक बुटवल नगरपालिकामा केन्द्रीय कार्यालय स्थापना गरी आठ जना कर्मचारीबाट सेवा प्रवाह गरेको बैंकले अर्घाखाँची जिल्लाको सन्धिखर्कमा पहिलो शाखा कार्यालय खोलेको थियो ।

नेपाल राष्ट्र बैंकको मर्जरसम्बन्धी अवधारण आउना साथ गुल्मीको तम्घासमा केन्द्रीय कार्यालय रहेको रेसुङ्गा विकास बैंकसँग २०६९ साल चैत्र ४ गते मर्जगरी बैंकको पुँजीगत संरचनादेखि सेवारत क्षेत्रहरू थप विस्तार गरेको थियो । मर्जरपश्चात् बैंकको चुक्ता पुँजी ३१ करोड ९८ लाख ६३ हजार, कर्जा लगानी दुई अर्व २५ करोड १६ लाख, निक्षेप संकलन तीन अर्ब १८ करोड सात लाख, शाखा सञ्जाल १४ र कर्मचारी संख्या एक सय ३४ जना भएको थियो । बैंकले आफ्नो सेवा विस्तार थप सुदृढ र विश्वसनीय बनाउनुका साथै व्यवसायको आकार तथा नेटवर्क विस्तारका लागि सम्भावित क्षेत्रहरूको पहिचान गरी शाखा सञ्जाल विस्तार गर्ने लक्ष्य लिएको थियो । मर्जर तथा एक्विजिसनलाई रणनीतिकरूपमा अगाडि बढाउँदै जाने लक्ष्यअनुसार २०७३ साल ज्येष्ठ २९ गते प्यूठान जिल्लाको बिजुवारमा केन्द्रीय कार्यालय रहेको १ जिल्ला कार्यक्षेत्र भएको गौमुखी विकास बैंकसँग मर्जर गरी कारोबार सञ्चालन गरेको थियो ।

उक्त मर्जरपश्चात् बैंकको चुक्ता पुँजी ८६ करोड ८४ लाख १९ हजार, कर्जा लगानी सात अर्ब २४ करोड ९३ लाख, निक्षेप संकलन आठ अर्ब चार करोड ४४ लाख, कर्मचारी संख्या दुई र शाखा सञ्जाल २६ भएको थियो । यसरी आफ्नो पाहिला अगाडि बढाउँदै गएको बैंकले राष्ट्रियस्तर स्तरोन्नति हुने लक्ष्यअनुरूप २०७६ साल आश्विन २७ गते रूपन्देहीको भैरहवामा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैंक र बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको भार्गव विकास बैंकलाई प्राप्ति ग¥यो जससँगै बैंकका सम्पूर्ण सञ्चनाहरू मजबुत तथा विकसित गर्दा तत्कालीन प्रदेश नं. ५ हालको लुम्बिनी प्रदेशमा बैंकको उपस्थिति सबैभन्दा मजबुत बनाउन सफल भएको थियो ।

प्राप्तिपश्चात् बैंकको चुक्ता पुँजी दुई अर्ब ६२ करोड २९ लाख, कर्जा लगानी २३ अर्व ८१ करोड, निक्षेप संकलन २६ अर्ब ८७ करोड, कर्मचारी संख्या पाँच सय ४५ र शाखा सञ्जाल ७१ पुगेको थियो । मिति २०७६ साल मंसिर १० गते राष्ट्रियस्तरको विकास बैंकको रूपमा स्तरोन्नति भएको विकास बैंकको २०७८ पुस मसान्तको अपरिष्कृत वित्तीय विवरणका आधारमा चुक्ता पुँजी तीन अर्व ७८ करोड, कर्जा लगानी ३७ अर्व ३२ करोड, निक्षेप संकलन ४१ अर्ब १६ करोड, शाखा सञ्जाल ८३ र कर्मचारी संख्या आठ सय ६७ पुगेको छ भने पाँच लाखभन्दा बढी ग्राहक संख्या रहेको छ ।

नेपाल राष्ट्र बैंकको नीति नियमअन्तर्गत रही सबल र सुदृढ विकास बैंकको पहिचान कायम राख्दै लुम्बिनी प्रदेशलाई मुख्य आधार÷केन्द्र बनाएर देशव्यापी शाखा विस्तार गर्ने र राष्ट्रकै अग्रणी विकास बैंक बन्ने लक्ष्य लिएको र इथिकल बैंकिङ, संस्थागत सुशासन, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली र प्रुडेन्ट बैंकिङमा पूर्णरूपमा प्रतिबद्ध रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।

सम्पूर्ण सरोकारवाला पक्षहरूकोे सहयोग, विश्वास र रचनात्मक सुझावले नै बैंक आज यो स्थानमा पुगेको र लुम्बिनी प्रदेशको आर्थिक विकास र समृद्धिका लागि एउटा दरिलो खम्बाको रूपमा दिगो बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यअनुसार नै यस प्रदेशमा केन्द्रीय कार्यालय स्थापना गरेको कुरा पौडेलले बताए । लुम्बिनी प्रदेशका सर्वसाधारणहरूद्वारा अधिक रुचाइने बैंकको रूपमा आफूलाई स्थापित गर्न सफल बैंक अब राष्ट्रियस्तरमै आफ्नो छुट्टै पहिचान कायम गर्न अग्रसर र भएकोे छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया