पेवेल इनडोर क्रिकेट लिगको उपाधि कामना सेवा विकास बैंकलाई
काठमाडौं । कामना सेवा विकास बैंकले पेवेल इनडोर क्रिकेट लिगको उपाधि जितेको छ । ग्रेट हिमालय क्रिकेट एकेडेमीको फिल्डमा फागुन २१ गते सम्पन्न फाइनलमा माछापुच्छ्रे बैंकलाई १६ रनले हराउँदै बैंकले उक्त उपाधि जितेको हो । सो प्रतियोतिामा १६ वटा कर्पोरेट टिमको सहभागिता रहेको थियो । फाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै कामना सेवा विकास बैंकले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा माछापुच्छ्रे बैंक १० ओभरको खेलमा जम्मा ८८ रनमा समेटिएको थियो ।
फाइनल खेलको प्लेयर अफ द म्याच कामना सेवा विकास बैंकका रिमेश रेग्मी र प्लेयर अफ द सिरिज कामना सेवाकै हेमन्त श्रीवास्तव चुनिए । उत्कृष्ट बलर नेपाल एसबीआई बैंकका निरज कार्की र उत्कृष्ट ब्याट्स मेन माछापुच्छ्रे बैंकका निशेष केसी भएका थिए ।
कामना सेवा विकास बैंकले स्वस्थ शरीर स्वस्थ मस्तिष्क मात्र होइन खेलकुदले सामाजिक एकता र समृद्धिको आधारशीला समेत तयार पार्दछ भन्ने कुरालाई आत्मसात् गरी आफ्ना कर्मचारीहरूलाई नियमित कामको अतिरिक्त उनीहरूको व्यक्तिगत चाहना र क्षमताको कदर गर्दै विभिन्न खेलकुदलगायत अन्य रचनात्मक कार्यहरूमा समेत सहभागी गराउँदै उनीहरूको वृत्ति विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताएका छन् । बैंकले आर्थिक वर्ष २०७८–७९ को दोस्रो त्रैमासिकमा सोही वर्षको खुद सञ्चालन आम्दानीको तुलनामा २१ प्रतिशतको वृद्धिदरका साथ करिब एक अर्ब खुद सञ्चालन आम्दानी गरेको छ ।
यो त्रैमासिकसम्ममा (गतवर्ष करिब २० करोडको हाराहारीमा रहेको) शून्य गैरसञ्चालन आम्दानी भए पनि करपछिको नाफा (पीएटी) करिब १२ प्रतिशतले मात्रै घटेको छ । बैंकको निक्षेप ४८ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ भने कर्जा ४४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ जुन तत्कालको आर्थिक वर्षको तुलनामा क्रमशः १० दशमलव ६९ प्रतिशत र १० दशमलव ९८ प्रतिशतले बढेको हो ।
बैंकको पुँजी पर्याप्तता अनुपात १२ दशमलव ३२ प्रतिशत कायम गरेको छ भने प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८७ पैसा रहेको छ । बैंकको हालको चुक्ता पुँजी तीन अर्ब १४ करोड र जगेडा कोषमा ९ दशमलव ६७ करोड रहेको छ । साथै निष्क्रिय कर्जा अघिल्लो त्रैमासिकमा एक दशमलव ७९ प्रतिशत रहेकोमा यस त्रैमासिकसम्ममा एक दशमलव ७७ प्रतिशतमा घटेको छ । त्यस्तै, बैंकको पीई रेसियो २५ दशमलव ७४, प्रतिसेयर नेटवर्थ १३३ दशमलव ०२ र आधार दर नौ दशमलव दुई प्रतिशत रहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया