नेप्सेले भन्यो– अडलट कारोबार नगर्नू, नगराउनू
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले अडलट कारोबार नगर्न, नगराउन निर्देशन दिएको छ । नेप्सेले गत साता सम्पूर्ण ब्रोकर कम्पनी तथा सरोकारवाला पक्षहरुको नाउँमा परिपत्र जारी गर्र्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
निर्देशनमार्फत नेप्सेले भनेको छ, ‘धितोपत्र कारोबार विनियमावली, २०७५ को विनियम (५) को उपविनियम (१) मा कारोबार हुने धितोपत्र सेयर वा सामूहिक लगानी प्रयोजनको इकाइ भएमा अंकित मूल्य १० रुपैयाँ भएमा एक सय कित्ता र अंकित मूल्य एक सय रुपैयाँ भएमा १० कित्ता इकाइ हुने व्यवस्था रहेको साथै विनियमावलीको उपविनियम (२) मा भएको व्यवस्थाबमोजिम धितोपत्र ऋणपत्र भएमा अंकित मूल्य १० रुपैयाँ भएमा एक सय कित्ता र संस्थापक ऋणपत्रको अंकित मूल्य एक हजार रुपैयाँ भएमा एक कित्ता कारोबार इकाइ हुने उल्लेख छ ।
सोही विनियमको उपविनियम (३) बमोजिम उपविनियम (१) र (२) मा उल्लिखित कारोबार इकाइभन्दा कम परिमाणको धितोपत्र अडलट हुनेछ र त्यस्तो धितोपत्र भएका धितोपत्रधनीले त्यस्तो धितोपत्रलाई अडलट बनाई बिक्री गर्न पाइनेछैन । धितोपत्र कारोबार सम्बन्धमा उल्लिखित कानुनी व्यवस्था तथा प्रचलित कानुनबमोजिम धितोपत्र व्यवसाय सञ्चालन गर्ने जिम्मा अनुमतिपत्र प्राप्त सदस्य दलाल व्यवसायी (ब्रोकर कम्पनी)मा रहेको जानकारी दिँदै नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई उक्त प्रावधानविपरीत सदस्य दलाल व्यवसायीको टीएमएस प्रणालीबाट अनलाइन तथा अफलाइनमार्फत समेत अडलटमा कारोबार नगर्न तथा नगराउन निर्देशन दिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- खशोग्गीका पूर्ववकिल युएईमा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
- श्रीलंकाका भगौडा पूर्वराष्ट्रपति राजापाक्षे थाइल्यान्ड पुगे
- स्वतन्त्र व्यापार सम्झौताका लागि भारत र बेलायतबीच पाँचौँ चरणको वार्ता
- अलिबाबाले बर्खास्त ग-यो दश हजार कर्मचारी
- इन्डोनेसियाले १० लाख नरिवलको बिरुवा रोप्ने
- माकुरा पनि मान्छेझैँ निदाउँछन् !
- नेसनल लाइफको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न
- रिचेत जलविद्युत्को सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया