Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारकुमारी बैंकले म्युचुअल फन्ड बिक्री गर्ने

कुमारी बैंकले म्युचुअल फन्ड बिक्री गर्ने


काठमाडौं । कुमारी बैंकले म्युचुअल फन्ड बिक्री गर्ने भएको छ । बैंकले प्रतियुनिट १० रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक अर्ब २० करोड रुपैयाँबराबरको १२ करोड कित्ता कुमारी धन वृद्धि योजना बिक्री गर्न लागेको हो ।

बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको बैंकको ऋणपत्रको बिक्रीकार्य यही जेठ १२ गतेबाट खुला हुनेछ । छिटोमा यही जेठ १७ गते र ढिलोमा यही जेठ २६ गते बन्द हुने ऋणपत्रको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले जानकारी दिएको छ । बिक्री गरिने कुल इकाइमध्ये कुल बिक्री भएको इकाइ संख्याको १५ प्रतिशत अर्थात् एक करोड ८० लाख इकाइ कोष प्रवद्र्धक कुमारी बैंकलाई बिक्री गरी बाँकी रहेको १० करोड २० लाख इकाइ सर्वसाधरणलाई बिक्री गरिने बैंकले जानकारी दिएको छ ।

लगानीकर्ताहरूले यो फण्डको लागि न्यूनतम एक सयदेखि अधिकतम एक करोड २० लाख युनिटसम्मको इकाइ खरिदको लागि आवेदन दिन सक्नेछन् । फण्डको परिपक्व हुने अवधि भने १० वर्ष तोकिएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया