Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता

समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता


काठमाडौं । समृद्धि फाइनान्स र चितवनमा रहेको भज्जु चुलो (नेवारी खाजा घर) बीच सम्झौता भएको छ । सम्झौतामा समृद्धि फाइनान्सका कार्मचारी तथा खातावालहरूलाई खाना तथा पेय पदार्थमा पाँच हजार द्वारासम्मको बिलमा १० प्रतिशत र पाँच हजारभन्दा माथिको बिलमा १२ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौतामा समृद्धि फाइनान्सको तर्फबाट यस संस्थाको चितवन शाखाको शाखा प्रवन्धक विकास सापकोटा र भज्जु चुलोका सञ्चालक श्रीमती पार्वती श्रेष्ठले हस्ताक्षर गरेको यस संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।

फाइनान्सले मुद्धति निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशतसहित आर्कषक ब्याजदरसहितका विभिन्न बचत खाताहरू समेत सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जानकारी दिएको छ । फाइनान्सले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा २८ लाख २८ हजार द्वारा खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले ५४ लाख दुई हजार द्वारा खुद मुनाफा कमाएको थियो ।

हाल चुक्ता पुँजी ७२ करोड ४८ लाख ६५ हजार द्वारा रहेको फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ६५ करोड ५९ लाख ६५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५१ करोड २३ लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड १७ लाख चार हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ५९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव २७ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने एक करोड १५ लाख ६७ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

गत आवको सोही अवधिमा भने फाइनान्सले ७० करोड ८२ लाख आठ हजार रुपैयाँ निक्षेप संकलन गरी ८१ करोड १९ लाख ५२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १९ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १६ लाख ५० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९० प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया