Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबीओकेका ग्राहकहरूलाई फिल गुड बार एन्ड ग्रीलमा छुट

बीओकेका ग्राहकहरूलाई फिल गुड बार एन्ड ग्रीलमा छुट


काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेड र फील गुड बार एन्ड ग्रीलबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पस तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । फिल गुड बार एन्ड गिल्लले एयरपोर्ट मोड, विराटनगरबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले हाल ९७ वटा शाखा कार्यालयहरू, ९३ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया