Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्मार्ट च्वाइस टेक्नोलोजिज र फर्स्ट–पेबीच सम्झौता

स्मार्ट च्वाइस टेक्नोलोजिज र फर्स्ट–पेबीच सम्झौता


काठमाडौं  । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिप्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फर्स्ट–पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फर्स्ट–पे क्यूआरबीच अन्तरआबद्धताको लागि सम्झौता सम्पन्न भएको छ । हालै स्मार्टच्वाइस टेक्नोलोजिजको गैरी धारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच स्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र फर्स्ट–पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ रिजालले सो सेवा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल राष्ट्र बैंकद्वारा २०७८ माघमा जारी गरेको परिपत्रका आधारमा सबै अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) तथा भुक्तानी सेवा प्रदायक (पीएसपी)लाई अन्तर आबद्धताको लागि दिएको निर्देशनअनुरूप यो सम्झौता सम्पन्न भएको हो ।

विगत २० वर्षदेखि कार्डलगायत भुक्तानीका बिभिन्न सेवा दिँदै आइरहेको स्मार्ट च्वाइस टेक्नोलोजिज र युनियन–पेमा आबद्ध भुक्तानी संयन्त्रमार्फत कारोबार गर्न सकिने क्यूआर सेवा प्रदान गर्दै आएको फर्स्ट–पे टेक्नोलोजिजबीच भएको यो सहकार्यले भुक्तानी क्षेत्रको समग्र विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ । यस सम्झौतापश्चात् फर्स्ट–पे क्यूआरको सुविधा लिएका विभिन्न व्यापार—व्यवसायलाई स्मार्ट क्यूआरको नेटवर्कअन्तर्गत रहेको भुक्तानी सेवा प्रदायक (पीएसपी) वालेट तथा मोबाइल बैंकिङ एपमार्फत ग्राहकहरूले सहज र सुरक्षितरूपमा भुक्तानी गर्न सक्छन् भने स्मार्ट क्यूआरमार्फत भुक्तानी लिँदै आएका व्यापार–व्यवसायले फर्स्ट–पे नेटवर्कमा आबद्ध ग्राहकहरूमार्फत पनी भुक्तानी लिन मिल्ने भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया