Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु

नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमासम्बन्धी सचेतना कार्यक्रम प्युठानको जुम्री बजार चोकबाट सुरु गरेको छ । सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रूपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ । सरल र मर्मस्पर्शी सडक नाटक कार्यक्रमले स्थानीयस्तरमा आमनागरिकको घरदैलोमै पुगेर बीमाको महत्व तथा जागरणमा उल्लेखनीय भूमिका निभाउने कम्पनीको विश्वास छ ।

बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको निर्देशनअनुसार बीमाको जनचेतना जागरण गराउन गरिएको कार्यक्रममा स्थानीयको उत्साहजनक उपस्थिति रहेको छ । स्थानीय निकायसँगको समन्वयमा यो कार्यक्रम अगाडि बढाइएको कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया