Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारअजोड इन्स्योरेन्समा पुनः खत्री

अजोड इन्स्योरेन्समा पुनः खत्री


काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको कार्यकाल थप भएको छ । सञ्चालक समितिको यही वैशाख १५ गते बसेको एक सय चारऔँ बैठकको निर्णयानुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीको दोस्रो कार्यकाल चार वर्ष थप गरी स्वीकृतिका लागि बीमा समितिमा पेस भएको थियो । सोअनुसार समितिबाट स्वीकृत प्रदान गरी यही जेठ ९ गते सोमबार पत्र प्राप्त भई पुनः चार वर्ष कार्यकालको पदभार सम्हालेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया