Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंक र चिकित्सक संघबीच सम्झौता

नबिल बैंक र चिकित्सक संघबीच सम्झौता


काठमाडौं । नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टरहरू तथा कर्मचारीलाई विभिन्न बैंकिङ सेवा तथा सुविधाहरूमा छुट प्रदान गर्ने सम्झौता गरेको छ । नबिल बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ सेवाहरूमा नेपाल चिकित्सक संघका सम्बन्धित सदस्य डाक्टरहरू तथा कर्मचारीले देशैभरिका नबिल बैंकका शाखा सञ्जालबाट विशेष छुटको लाभ उठाउन सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत कविन्द्र प्रसाद श्रेष्ठ र नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले नबिल बैंकका प्रमुख कार्यकरी अधिकृत अनिल केशरी शाहको उपस्थितिमा हस्ताक्षर गरेका हुन् ।

नेपाल चिकित्सक संघले आफ्नो स्थापनाकालदेखि नै नेपालमा स्वास्थ्य क्षेत्रको विकास र गुणस्तर प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरी चिकित्सकहरूको पेशागत अधिकार सुनिश्चित गर्न निरन्तर अग्रसर रहेको छ । सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको हाल एक सय ५० वटा शाखा, एक सय ८७ वटा एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रूपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टि एवं आधुनिक बैंकिङ युगको सुरुवात गर्नेतर्फ केन्द्रित रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया