Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजीवन बीमा कम्पनीका परिपालन अधिकृतहरूसँग अन्तरक्रिया

जीवन बीमा कम्पनीका परिपालन अधिकृतहरूसँग अन्तरक्रिया


काठमाडौं । बीमा समितिको आयोजनामा मंगलबार समितिको कार्यालय, कुपण्डोल, ललितपुरमा जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृतहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमा समितिका कानुन तथा नियमन महाशाखाका प्रमुख एवं निर्देशक दिनेश कुमार लालले बीमा समितिले उपलब्ध गराएको ढाँचामा सत्यतथ्य विवरण समावेश गरेर सञ्चालक समितिबाट स्वीकृत गरी त्रैमासिकरूपमा परिपालन प्रतिवेदन बुझाउन बीमा कम्पनीहरूका परिपालन अधिकृतहरूलाई निर्देशन दिएका छन् ।

निर्देशक लालले बीमा कम्पनीहरूका परिपालन प्रतिवेदनमा एकरूपता नभएको, एउटै समस्या पटक–पटक दोहोरिने गरेको, समयमा प्रतिवेदन पेस नभएको जस्ता समस्याहरू देखिएको उल्लेख गर्दै तोकिएको समयमा परिपालन प्रतिवेदन नबुझाउने बीमा कम्पनीमाथि कारबाही हुने बताए । उनले बीमा कम्पनीका काम कारबाहीलगायत समग्र पक्षको सत्यतथ्य विवरण समेटेर परिपालन प्रतिवेदन तयार भएमा त्यसबाट कम्पनीकै व्यवसाय विस्तार, सुशासन र देखिएका कमीकमजोरी सुधारमा समेत महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बीमा समितिका नियमन शाखाप्रमुख एवं उपनिर्देशक कुन्दन सापकोटाले परिपालन प्रतिवेदन सम्बन्धमा र उपनिर्देशक (कानुन) हृदयश्वर पण्डितले एएमएल, सीएफ्टी सम्बन्धमा प्रस्तुति गरेका थिए । कार्यक्रममा बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी), उपनिर्देशक (कानुन) शाम्भराज लामिछाने, सहायक निर्देशक (कानून) सविता थापा तथा सहायक निर्देशक (कानुन) मौनता धौबन्जार र जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृतहरूको सहभागिता रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया