नेसनल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ताहरूलाई सम्मान
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी अर्थात् मिलियन डलर राउन्ड टेबलका विजेता अभिकर्ताहरूलाई सम्मान गरेको छ । कम्पनीका अनुसार विर्तामोड झापाको होटल किङ्सवरीमा यही जेठ २१ गते सम्पन्न गरिएको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले विजेता अभिकर्ताहरूलाई खादा, माला, ब्लेजर कोट र सम्मानपत्रबाट सम्मान गरेका थिए ।
भारतका वरिष्ठ प्रशिक्षक प्रभु देसाइले कार्यक्रममा उपस्थित करिब एक सय ५० जना विजेता अभिकर्ताहरूलाई एमडीआरटी, सीओटी, टीओटीजस्ता उत्कृष्ट टाइटल कसरी हासिल गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएका थिए । अमेरिकामा केन्द्रीय कार्यालय रहेको अभिकर्ताहरूको प्रतिष्ठित संस्था एमडीआरटी अर्थात् मिलियन डलर राउन्ड टेबलमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीबाट चार जना सीओटीसहित एक सय ५७ जना अभिकर्ताहरू एमडीआरटीका लागि योग्य भएका थिए ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- दुई हजार १० अंकमा खुम्चियो सेयर बजार
- पाकिस्तानको आर्थिक पुनरुत्थान निरन्तर : केन्द्रीय बैंक
- चिनियाँ क्यासिनो सञ्चालक बैंककमा पक्राउ
- युरोपमा खडेरी : नदी सुक्न थाले, माछासहित कृषि उत्पादन प्रभावित
- श्रीलंकाले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिने
- औषधिमाथिको प्रतिबन्ध मानवतामाथिको अपराध : युक्रेन
- बजार परिसूचक दुई हजार ३७ दशमलव ९२ विन्दुमा
- माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल–पे क्यूआर कोड हस्तान्तरण
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया