Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएक्सेल डेभलपमेन्ट बैंकको विराटनगर शाखा स्थानान्तरणः

एक्सेल डेभलपमेन्ट बैंकको विराटनगर शाखा स्थानान्तरणः

कुल निक्षेप संकलन ११ अर्ब २७ करोड पुग्दा १० अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह


काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको विराटनगर शाखा स्थानान्तरण भएको छ । बैंकका अनुसार विराटनगर महानगरपालिका वडा नंं.७ शनि मन्दिर चोकस्थित शाखा, उक्त स्थानबाट करिब एक सय मिटर दूरी दक्षिणतर्फ धरान—विराटनगर रोडको पश्चिम दिशामा स्थानान्तरण भएको हो । बैंकले उक्त शाखा स्थानान्तरणसम्बन्धी औपचारिक कार्यक्रम मंगलबारका दिन सम्पन्न गरेको छ । उक्त शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र बैंकका सञ्चालक सुषमा शर्मा वस्तीले संयुक्तरूपमा गरेका हुन् ।

आर्थिक र व्यापारिक दृष्टिकोणले प्रमुख भूमिका भएको सहर विराटनगरमा अवस्थित उक्त शाखाबाट ग्राहकहरूलाई विभिन्न किसिमका निक्षेप योजनामार्फत रकम जम्मा गर्नसक्ने साथै आफ्नो आवश्यकताबमोजिम आवास, सवारीसाधन, व्यक्तिगत, व्यापारिकलगायत कर्जा सुविधा लिनसक्ने सुविधा प्रदान गरेको बैंकले जानकारी दिएको छ । साथै बैंकले एबीबीएस, सी–आस्वा, आईपीएस, कनेक्ट आईपीएस, अनलाइन क्यिरिङ, क्यूआर कोड तथा स्मार्ट मोबाइल बैंकिङ भारत र भुटान समेतमा प्रयोग गर्न सकिने सुविधासहितको भिसा डेबिट कार्ड रेमिटान्स सेवालगायतका अधिकांश बैंकिङ सेवाहरू उक्त शाखा कार्यालयबाट प्रदान गरिँदै आएको जानकारी दिएको छ ।

बैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा लगभग १० अर्ब ५८ करोड रहेको छ भने निक्षेप संकलन लगभग ११ अर्ब २७ करोड रुपैयाँ रहेको छ । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल झापा, इलाम, मोरङ, पाँचथर र सुनसरीका विभिन्न ४३ स्थानमा अवस्थित आफ्ना शाखा कार्यालयहरूमार्फत ग्राहकहरूसमक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ भने यसै महिनाभित्रमा मोरङ जिल्लाको पथरीमा थप नयाँ शाखा सञ्चालनमा आउने र आगामी दिनमा १ नम्बर प्रदेशभर आफ्नो कार्य सञ्जाल वृद्धि गर्ने उद्देश्यका साथ पुँजी वृद्धि योजना अघि बढाएको छ ।

बैंककी सञ्चलिका सुषमा शर्मा वस्तीको अध्यक्षतामा सम्पन्न भएको शाखा स्थानान्तरण कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले स्वागत मन्तव्य राखेको तथा बैंकको वर्तमान गतिविधिहरूका बारेमा प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेलले प्रकाश पारेका थिए उक्त कार्यक्रममा बैंकका संस्थापक सेयरधनी डा. रूपकप्रसाद खनाल र उद्योगी–व्यावसायी श्याम प्रसाद पौडेललगायतले शुभकामनासहितको मन्तव्य राखेका थिए भने प्रमुख अतिथि मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले आफ्नो मन्तव्यसहित शुभकामना प्रदान गरे । उक्त उद्घाटन कार्यक्रमको सञ्चालन बैंकका कम्पनी सचिव श्याम बहादुर बोहोराले गरेका थिए । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया