Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकद्वारा काली मन्दिर व्यवस्थापन समितिलाई सहयोग

सिद्धार्थ बैंकद्वारा काली मन्दिर व्यवस्थापन समितिलाई सहयोग


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काली मन्दिर व्यवस्थापन समितिलाई सहयोग गरेको छ । बैंकका अनुसार यही जेठ २० गते शुक्रबारको दिन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काली मन्दिरको पूर्वाधार विकासका लागि काली मन्दिर व्यवस्थापन समिति विराटनगरलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको हो । सो सहयोग रकम बैंकका तर्फबाट प्रदेश १ प्रमुख कमल बस्नेतले काली मन्दिर व्यवस्थापन समितिका सभापति श्रीमती डा. मीनाक्षी नेपाल, निवर्तमान सभापति सुदर्शन बहादुर श्रेष्ठ र कोषाध्यक्ष सुवर्णभक्त जोशीलाई संयुक्तरूपमा हस्तान्तरण गरेका हुन् ।

उक्त रकम काली मन्दिर व्यवस्थापन समितिले मन्दिरको साजसज्जा तथा सुन्दरता झल्काउने पूर्वाधार निर्माण गर्नका लागि प्रयोग गर्नेछ । धार्मिक महत्व र इतिहास बोकेको उक्त मन्दिरको पूर्वाधार विकासले आन्तरिक पर्यटन प्रवर्द्धनमा मदत पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पूर्वाधार र सुरक्षाजस्ता क्षेत्रअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया