मेटलाइफ नेपालद्वारा उत्कृष्ट प्रतिनिधिहरू सम्मानित
काठमाडौं । मेटलाइफ नेपालले यसै साता आफ्नो शीर्ष एजेन्सी प्रतिनिधिहरूलाई सम्मान गर्दै काठमाडौंमा वार्षिक अवार्ड नाइटको आयोजना गरेको छ । मेटलाइफ नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ उपाध्यक्ष तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनामका प्रमुख एलिना बुटारोवालगायत मेटलाइफ एसिया वितरणका एजेन्सी उपाध्यक्ष मारवन मटारको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा कम्पनीका उच्च अधिकारीहरूका साथै देश भरका योग्य एजेन्सी प्रबन्धकहरू, युनिट प्रबन्धकहरू र फिलड प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । कार्यक्रममा गत वर्षका तीन सयभन्दा बढी उत्कृष्ट प्रतिनिधिहरूको सहभागिता रहेको थियो र नौ विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो । सन २००३ देखि मेटलाइफले आफ्ना शीर्ष प्रतिनिधिहरूलाई सम्मानित गर्दै आएका छन, साथसाथै अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण तथा तालिम प्रदान गरी उनीहरूको बीमा क्षेत्रमा उज्ज्वल भविष्य सुनिश्चित गर्दै आएका छन् ।
प्राविधिक विकास र डिजिटलाइजेसन प्रक्रियाहरूमा अनुकूलन गर्दै, मेटलाइफ नेपालले भर्खरै मात्र नेपालमा पहिलो पटक डिजिटल माध्यमबाट बीमा सल्लाहकारहरू भर्ना गर्नको लागि मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन प्लेटफर्म सुरु गरेको छ । डिजिटल सेल्स सोलुसन, ग्राहक सेवा एप र अनलाइन प्रिमियम भुक्तानी सेवाहरू पहिले नै सञ्चालन हुँदै आएको छ र मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसनमार्फत एजेन्सी नेटवर्क बढाउने योजना रहेको छ ।
मेटलाइफ नेपालका बारेमा : मेटलाइफको सहायक कम्पनीको रूपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रूपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरूलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरू प्रदान गरिरहेको छ ।
मेटलाइफको बारेमा : मेटलाइफ इन्क आफ्नो सहायक तथा सम्बन्धन प्राप्त गरेका कम्पनीका माध्यमबाट आफ्ना व्यक्तिगत र संस्थागत ग्राहकहरूलाई अघि सहजरूपमा अघि बढ्न विभिन्न बीमा योजनाहरू, वार्षिक योजनाहरू, कर्मचारी लाभ योजनाहरू तथा सम्पत्ति व्यवस्थापन योजनाहरू प्रदान गर्ने संसारकै अग्रणी वित्तीय सेवा कम्पनीहरूमध्ये एक हो । सन् १८६८ मा स्थापित मेटलाइफ संसारभरि ४० भन्दा बढी बजारहरूमा सञ्चालनमा रहेको छ भने संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एसिया, युरोप तथा मध्य एसियामा अब्बल स्थानमा रहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया