Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंक र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौता

कृषि विकास बैंक र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौता


काठमाडौं । ‘तपाईँ हाम्रो घर–आँगनको बैंक’ भन्ने नाराका साथ व्यवसाय वृद्धिमा अग्रसर रहेको कृषि विकास बैंक लिमिटेडले भरतपुर क्यान्सर अस्पतालमा सेवा विस्तार गरेको छ । देशकै नमूना क्यान्सर अस्पतालको रुपमा विकास भइरहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र कृृषि विकास बैंक लिमिटेडबीच बैंकिङ कारोबार गर्ने सम्झौता भएको हो ।

विगत पाँच वर्षदेखि एक्स्टेन्सन काउन्टरसहित अस्पतालको आय संकलनको कार्य गरी रहेकोमा हाल सम्झौताको म्याद समाप्त भएकाले पुन बैंकिङ कारोबारका लागि कृषि विकास बैंक लि., प्रदेश कार्यालय चिवतनका निर्देशक रघुनाथ न्यौपाने र क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देज कुमार गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा क्यान्सर अस्पताल सञ्चालक समिति अध्यक्ष डा. निर्मल लामिछाने, उपनिर्देशक डा. कृष्ण कुमार शर्मा, पूर्वसञ्चालक डा. विनुमा श्रेष्ठ, वरिष्ठ लेखा अधिकृत पिताम्बर उपाध्याय, कानुन अधिकृत गोकर्ण सापकोटालगायतको सहभागिता रहेको थियो भने बैंकका तर्फबाट निर्देशक रधुनाथ न्यौपाने, कृषि बैंकिङ विभागका विभागीय प्रमुख चन्द्र सिंह थापालगायतको सहभागिता रहेको थियो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष निर्मल लामिछानेले बैंकले अस्पतालको हाताभित्र सेवा प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै नगदरहित सेवा प्रवाहको अपेक्षा समेत गरे । अस्पतालका डाइरेक्टर डा. देज कुमार गौतमले बैंकसँग सहकार्य गर्दा अस्पतालको साख वृद्धि हुने र सेवा प्रवाहमा सहजीकरण समेत हुने विचार राखे । कृषि विकास बैंक लि. प्रदेश कार्यालय विरेन्द्रनगरका निर्देशक रधुनाथ न्यौपानेले नगद जम्मा, नगद भुक्तानी, चेक माग, बैंक खाता खोल्नेलगायतका सेवाका अतिरिक्त अस्पतालका कर्मचारीहरूले प्रोफेसनल लोन, क्रेडिट कार्ड, विद्युतीय भुक्तानीका सेवा उपयोग गर्न अनुरोध गर्दै अब्बल सेवा प्रवाह गर्न बैंक सधैँ प्रतिबद्ध रहेको धारणा राखे ।

यस सम्झौतापश्चात् बैंकको एक्सटेन्सन काउन्टरमार्फत सो क्षेत्रमा ग्राहकले नगद जम्मा, नगद भुक्तानी, चेक मागलगायतका सेवा प्राप्त गर्न सक्नेछन् भने अस्पतालका कर्मचारीहरूले निःशुल्क क्रेडिट कार्ड सेवा प्राप्त गर्न सक्नेछन् । उक्त कार्यक्रमको सञ्चालन अस्पतालका प्रशासन प्रमुख हृदयनारायण महतोले गरेका थिए भने अन्य सहजीकरण शाखा कार्यालय भरतपुरका प्रबन्धक दिनेश बाबु नेपालले गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया