Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकद्वारा सेयर बिक्री प्रबन्धक नियुक्त

नेपाल बैंकद्वारा सेयर बिक्री प्रबन्धक नियुक्त


काठमाडौं । नेपाल बैंक लिमिटेडले सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकका अनुसार एक हजार अंकित दरको २५ लाख कित्ताले हुनआउने दुई अर्ब ५० करोड रुपैयाँबराबरको ‘१० दशमलव ५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८४’ जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको हो । उक्त ऋणपत्रको अवधि पाँच वर्ष रहेको र ब्याजदर १० दशमलव ५० प्रतिशत रहेको बैंकले जानकारी दिएको छ ।

उक्त सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरूकोे स्विकृतिपश्चात् निष्काशन गरिने बैंकले जानकारी दिएको छ ।

काठमाडौं, धर्मपथस्थित मुख्य कार्यालय रहेका नेपाल बैंक लिमिटेडले देशका सातवटै प्रदेशमा आफ्नो शाखाहरू विस्तार गरी उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरूसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया