Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई जनरल र चिरायु नेसनल हस्पिटललबीच सम्झौता

आईएमई जनरल र चिरायु नेसनल हस्पिटललबीच सम्झौता


काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्सिच्युटबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आर्ईएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायु नेशनल हस्पिटलका अपरेसन डाइरेक्टर चन्डेश्वर नन्दराज वैद्यले हस्ताक्षर गरेका हुन् । यस सम्झौतापश्चात् आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरूको बीमालेखको सीमासम्म चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्सिच्युटबाट नगदरहित हस्पिटलाइजेससन सुविधा प्राप्त गर्न सकिनेछ ।

साथै सोही अवसरमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्सिच्युटले आफ्ना ग्राहकहरूलाई आईएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सीमासम्म नगदरहित हस्पिटलाइजेसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आबद्ध सदस्यहरूलाई औपाधोपचारलगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आह्वान गरे । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया