सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड धुलिखेल शाखा र बनेपास्थित हिमालय दृश्य रिसोर्ट प्रालिबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले सो रिसोर्टबाट सेवा लिएबापत बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोडबाट भुक्तानी गर्दा होटलको फुड एन्ड बेभरेज र रुम शुल्कमा १० प्रतिशत छुट पाउनेछन् । सम्झौतापत्रमा बैंकको धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र रिसोर्टका प्रबन्ध सञ्चालक श्यामकाजी महतले हस्ताक्षर गरेका हुन् ।
सेञ्चुरी बैंकले काभ्रे जिल्लामा सातवटा शाखा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, दोलालघाट र नाल्दुम नगरकोटबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैकले आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको कुल शाखा एक सय ४४ वटा पुगेको छ भने १० वटा एक्सटेन्सन काउन्टर २४ वटा शाखारहित बैंकिङ र एक सय १५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- खशोग्गीका पूर्ववकिल युएईमा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
- श्रीलंकाका भगौडा पूर्वराष्ट्रपति राजापाक्षे थाइल्यान्ड पुगे
- स्वतन्त्र व्यापार सम्झौताका लागि भारत र बेलायतबीच पाँचौँ चरणको वार्ता
- अलिबाबाले बर्खास्त ग-यो दश हजार कर्मचारी
- इन्डोनेसियाले १० लाख नरिवलको बिरुवा रोप्ने
- माकुरा पनि मान्छेझैँ निदाउँछन् !
- नेसनल लाइफको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न
- रिचेत जलविद्युत्को सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया