Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र पोखरास्थित अन्नपूर्ण केबलकार प्रालिबीच बैंकका ग्राहकहरूलाई केबलकारको टिकटमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेशप्रमुख अमित श्रेष्ठ तथा अन्नपूर्ण केबलकार प्रालिका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरूले अन्नपूर्ण केबलकार प्रालिमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ, इन्टरनेट बैैंकिङ प्रयोग गरी केबलकारको टिकट खरिदबापत १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिद्धार्थ बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया