Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच सम्झौता

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच सम्झौता


काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडबीच सम्झौता भएको छ । दुवै कम्पनीहरूले एक–आपसमा गाभ्ने, गाभिनेको लागि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । सेयर स्वाप अनुपात प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको एक कित्ता सेयरबराबर सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको एक कित्ता (१ः१) हुनेगरी सम्झौता भएको छ ।

सम्झौतामा सिद्धार्थ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष रतनलाल केडिया तथा प्रिमियर इन्स्योरेन्सको तर्फवाट अध्यक्ष सुरेश लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सो समारोहमा दुवै कम्पनीको सञ्चालकहरू एवं वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया