Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंक र चेपेखोला साना जलविद्युत् आयोजनाबीच सम्झौता

एनएमबी बैंक र चेपेखोला साना जलविद्युत् आयोजनाबीच सम्झौता


काठमाडौं, फागुन ११
एनएमबी बैंक लिमिटेडले आशुतोष इनर्जी प्रालिद्वारा प्रवर्द्धित लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिका तथा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा अवस्थित ८.६३ मेगावाटको चेपे खोला साना जलविद्युत् आयोजनामा लगानी गर्नको लागि सम्झौता गरेको छ ।

८.६३ मेगावाट क्षमता भएको चेपे खोला साना जलविद्युत् आयोजनाको कुल लागत एक अर्ब ५० करोड रुपैयाँ रहेको छ । सोमध्ये बैकको लगानी कुल एक अर्ब १२ करोड ५० लाख रुपैयाँ हुनेछ । यससँगै एनएमबी बैकको कुल ४० वटा जलविद्युत् आयोजनाहरुमा लगानी हुनेछ ।

चेपे खोला साना जलविद्युत् आयोजनामा जलविद्युत् क्षेत्रका अनुभवी प्रवर्द्धकहरु तथा स्थानीय बासिन्दाहरुको लगानीमा निर्माण हुँदै छ । व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति २०७८ फागुन ९ गते भए पनि कम्पनीले चार महिनाअगावै व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । विद्युत् गृहबाट उत्पादित विद्युत् लमजुङ जिल्लामा अवस्थित कीर्तिपुर सबस्टेसनमा जडान गरिनेछ ।

एनएमबी बैंकको तलब खाता र सुपर तलब खाता झन् परिष्कृत : एनएमबी बैंकले आफ्नो लोकप्रिय एनएमबी तलब खाता र एनएमबी सुपर तलब खातामा परिष्कृत विविधताका साथ नयाँ खाता योजनाहरु सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार योजनाअन्तर्गत खातावालहरुलाई १८ लाखसम्मको कुल बीमा सुविधा प्रदान गरिन्छ ।

दुई नयाँ योजनाहरुमध्ये एनएमबी प्रिमियम तलब खातामा ग्राहकहरुलाई १० लाखसम्मको दुर्घटना मृत्युबीमा, १८ प्रकारका घातक रोगहरुको लागि पाँच लाखसम्मको बीमा सुविधा प्रदान गरिएको छ भने एनएमबी प्रिमियम सुपर तलब खातामा ग्राहकहरुले १० लाखसम्मको दुर्घटना मृत्यु बीमा, १८ प्रकारका घातक रोगहरुको लागी सात लाखसम्म बीमा र एक लाखसम्मको स्वास्थ्य उपचार बीमाबाट लाभान्वित हुन सक्नेछन् । उल्लिखित खाताहरु शून्य मौज्दातमै खोल्न सकिनेछ ।

रकम मात्र नभई सुविधाको दायरा पनि विस्तार गर्ने उद्देश्यको साथ एनएमबी प्रिमियम तलब खाता र प्रिमियम सुपर तलब खाताको सुरुवात गरिएको हो । ‘ग्राहकको अतिरिक्त आवश्यकतालाई मध्यनजर गर्दै यस प्रकारको खातामा वित्तीय क्षेत्रमै अद्वितीय र पृथक् प्रकारको योजना ल्याएका छौं’, बैंकद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया