एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता
काठमाडौं, फागुन ११
एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता भएको छ । बैंकले बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न महिला उद्यमी लाई सहुलियत कर्जा प्रदान गर्नको लागि सम्झौता उक्त संस्थासँग सम्झौता गरेको हो । एभरेष्ट बैंकका नायब महाप्रबन्धक गिरिश कोहली र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोद्वारा उक्त सम्झौता हस्ताक्षर र आदानप्रदानको कार्यक्रम सम्पन्न भएको छ ।
२०५१ देखि वाणिज्य बैंकिङ क्षेत्रमा कार्यरत रहेको एभरेष्ट बैंकको हाल १० लाख ग्राहक रहेका छन् । यसैगरी बैंकको देशभर ९५ शाखा, एक सय २२ एटीएम र ३० रकम संकलन केन्द्र रहेका छन् । यस बैंक सन् २०१९ को बेस्ट म्यानेज्ड वाणिज्य बैंक अवार्डबाट सम्मानित भएको छ । यसैगरी हेफर इन्टरनेशनल नेपालले हालसम्म ४१ जिल्लामा दुई लाख ५४ हजार गरिब तथा पिछडिएको परिवारलाई सहयोग गर्दै साना किसानको दिगो जीविकोपार्जन विकासको लागि कार्यक्रम गर्दै आएको छ । हेफरले महिला सहकारीहरुमा वित्तीय पहुँच पु-याउने काम पनि गर्दै आएको छ । यसैगरी विगत ७५ वर्षदेखि हेफर इन्टरनेशनलले एक सय २५ देशहरुमा सेवा प्रदान गर्दै आएको छ ।
सम्झौतासँगै दुवै संस्थाले बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती, कुखुरापालनमा संलग्न ग्रामीण भेगका महिला उद्यमीहरुलाई वित्तीय पहुँच पु-याउनका लागि संयुक्त प्रयास गर्नेछ । साझेदारीले उद्यमीहरुको क्षमताको आंकलन र विकासमा केन्द्रित हुँदै उनीहरुलाई आफ्नो व्यवसायको विस्तार गर्न सक्षम बनाउनेछ । एभरेष्ट बैंकले आफ्नो पहुँच र शाखाहरुको उपयोग गर्दै हेफर नेपालले सहयोग गरेको सामाजिक उद्यमी महिला सहकारीहरु यससँग सम्बद्ध महिला उद्यमीहरुलाई सहजरुपमा कर्जा उपलब्ध गराउनेछ भने हेफरले सहकारीहरुसँग संयुक्त रुपमा साना तथा मझौला महिला उद्यमीहरुको पहिचान गर्दै उनीहरुलाई बैंकसँग जोड्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया