Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता

ग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता


काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रालिबीच अस्पतालले प्रदान गर्ने सेवाहरूमा बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार ग्लोबल आईएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीहरूले माया मेट्रो अस्पतालका सेवाहरूमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैंकका ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड वा बैंकको परिचयपत्र पेस गर्नुपर्नेछ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न अस्पलातहरूसँग यस्ता सम्झौताहरू गरी समयअनुरूप ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ । मुलुकका ७७ वटै जिल्लामा दुई सय ८९ वटा शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले दुई सय ६५ वटा एटीएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी आठ सय ८१ भन्दा बढी सेवाकेन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया