Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिचेत जलविद्युत्को सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

रिचेत जलविद्युत्को सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त


काठमाडौं । रिचेत जलविद्युत् कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन गर्नको लागि एनआईबीएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रूपमा नियुक्त भएको छ । कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा स्थापना भएको रिचेत जलविद्युत् कम्पनी लिमिटेडको प्रमुख कार्यालय ललितपुर– १५, महालक्ष्मी स्थानमा अवस्थित छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि एक लाख १२ हजार दुई सय २३ दशमलव ५७ कित्ता साधारण सेयरहरूको सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।

उक्त सम्झौतापत्रमा बुधबार अर्जुन प्रसाद पौडेल (अध्यक्ष, रिचेत जलविद्युत् कम्पनी लिमिटेड) र शिशिर खनाल (कम्पनी सचिव, रिचेत जलविद्युत् कम्पनी लिमिटेड) तथा सचिन्द्र ढुंगाना (नायब महाप्रबन्धक, एनआईबीएल एस क्यापिटल लिमिटेड) र रोश्ना मानन्धर (प्रमुख–मर्चेन्ट बैंकिङ, एनआईबीएल एस क्यापिटल लिमिटेड)ले हस्ताक्षर गरेको कम्पनीले जानकारी दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया