Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंक र तीन पालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र तीन पालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र गोरखा जिल्लाका तीन पालिका गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना मगर, भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जारा र बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि पालिकाले आफ्नो क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्नेगरी तालिमप्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ र सोहीे उद्यमीहरूलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्नेछ । सम्झौताले नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत व्यावसाायिक कृषि तथा पशुपन्छी कर्जा कार्यान्वयनमा सहयोग पु-याउने विश्वास लिइएको छ ।

सम्झौता कार्यक्रममा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यसले उद्यमी र बैंकबीचको खाडल हटाउन सहयोग पुग्ने बताए । गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना मगरले नगरपालिकाले कृषिमा व्यवसायीकरण, पर्यटन र साना उद्योगको प्रवर्द्धनमा लिएको नीति तथा कार्यक्रम लागू गर्न सघाउ पुग्ने बताए । भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जाराले सम्झौताले उद्यमशीलता बढाई गरिबी हटाउन सहयोग पुग्ने बताए ।

बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले बारपाक २०७२ सालको भूकम्पपीडित क्षेत्र भएकाले पालिका क्षेत्रको आर्थिक पुनः उद्धारमा सहयोग पुग्ने बताए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अवलम्बन सहुलियतपूर्ण कर्जा प्रवाहको पृष्ठभूमिको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा संविधानसभा सदस्य कृष्ण धितालले सम्झौता कार्यान्वयनको लागि शुभकामना व्यक्त गरेका थिए ।

ब्रान्च अपरेसन विभागका प्रमुख सरोज बस्नेतले कार्यक्रम सञ्चालन गरेका थिए । उक्त अवसरमा बैंकका उपकार्यकारी अधिकृत विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी, पालिकाका पदाधिकारी तथा कर्मचारीहरूलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया