Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकले पायो ‘एक्सिलेन्स इन प्रिपेड काड्र्स बिजनेस २०२२’ अवार्ड

सिद्धार्थ बैंकले पायो ‘एक्सिलेन्स इन प्रिपेड काड्र्स बिजनेस २०२२’ अवार्ड


काठमाडौं । सिद्धार्थ बैंकले ‘एक्सिलेन्स इन प्रिपेड काड्र्स बिजनेस २०२२’ अवार्ड पाएको छ । भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममार्फत बैंकले उक्त अवार्ड पाएको हो ।

भिसाअन्तर्गत रहेका नेपालका बैंकहरूमध्ये प्रिपेड कार्ड व्यवसायमा उत्कृष्ट अभिवृद्धि र उपलब्धि हासिल गरेको आधारमा बैंकले उक्त अवार्ड प्राप्त गर्न सफल भएको बैंकले जानकारी दिएको छ । यसअघि पनि बैंकले भिसाले ग्राहकको आवश्यकताअनुसार नयाँ आइडियालाई अवलम्बन गरी कार्ड सेवालाई प्रभावकारी बनाएको आधारमा एक्सिलेन्स इन ड्राइभिङ इनोभेसन अवार्ड प्राप्त गरिसकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया