एनआईबीएल एस क्यापिटलले पायो कोष व्यवस्थापकको अनुमति
काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडले कोष व्यवस्थापकको अनुमति पाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेका एनआईबीएल एस क्यापिटल लिमिटेडले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत कोष व्यवस्थापकको अनुमति यही भदौ १९ गते पाएको हो ।
क्यापिटलले नेपालको पुँजी बजारमा विशिष्टीकृत लगानी कोषअन्तर्गत विभिन्न कोषहरू सञ्चालन गर्ने उद्देश्येका साथ नेपाल धितोपत्र बोर्डबाट उक्त अनुमति प्राप्त गरेको हो । विशिष्टीकृत लगानी कोष नियमावलीे, २०७५ एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधीनमा रही कोष व्यवस्थापकले कोष दर्ताको प्रक्रिया अगाडि बढाउनेछ र इकाइ बिक्रीमार्फत रकम संकलन गरी संकलित रकमलाई जोखिम न्यूनीकरणका उपायहरू अपनाई विभिन्न क्षेत्रका कम्पनीहरूका सेयर तथा अन्य वित्तीय उपकरणहरूमा लगानी गर्नेछ । यसरी गरिएको लगानीबाट आर्जित मुनाफालाई इकाइधनीहरूलाई वार्षिक प्रतिफलको रूपमा वितरण गर्ने उद्देश्य समेत क्यापिटलले राखेको छ ।
यसरी स्थापना भएको कोषले विभिन्न कम्पनीको सेयरमा लगानी गर्ने हुँदा, विषेशगरी साना तथा मझौला व्यवसायहरू तथा नवप्रवर्तनमा आधारित व्यवसायहरूलाई अत्यन्त लाभदायक हुने र समग्र नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न जाने आशा समेत ब्यक्त गरिएको छ । नवप्रवर्तनमा आधारित कम्पनी तथा व्यवसायीहरू नेपालको झन्झटिलो कर्जा प्रक्रिया, धितोको अपर्याप्तता तथा महँगो ब्याज आदि कारणले गर्दा आफ्नो व्यवसाय विस्तार गर्न नसकेको अवस्थामा यस अनुमतिले नेपालमा लगानीको नयाँ स्रोत स्थापित गरी उद्यमशीलताको प्रवर्द्धन हुने देखिन्छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
- तलब, पेन्सन र सामाजिक सुरक्षाको रकम वृद्धि सरकारका लागि घाँडो
- २१ सय ११ बिन्दुमा खुम्चियो सेयर बजार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया