Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंक र दराजबीच सम्झौता

नबिल बैंक र दराजबीच सम्झौता


काठमाडौं । नबिल बैंक र दराजबीच ‘दराज दशैँ धमाका’ महोत्सवका लागि सम्झौता भएको छ । नबिलले दशैँलाई ध्यानमा राखी २९ भदौदेखि दराजबाट किनमेल गर्दा नबिल कार्डवाहकलाई विशेष छुटको व्यवस्था गर्ने सम्झौता गरेको जानकारी दिएको छ ।

दराज दशैँ धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्डमार्फत अग्रीम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डमार्फत अग्रीम भुक्तानीमा अधिकतम दुई हजार पाँच सय रुपैयाँ वा २० प्रतिशत छुट प्राप्त गर्ने जनाइएको छ । छुट प्राप्त गर्नका लागि ग्राहकले आफ्नो कार्ड ई–कमर्सका लागि सक्रिय गर्नुपर्ने बैंकले जनाएको छ ।

सम्झौतामा हस्ताक्षरपछि बैंकका रिटेल कारोबार प्रमुख निरज शर्माले यो सहकार्य आफैँमा एउटा उत्सव भएको र आफ्ना ग्राहकलाई आउँदै गरेको दशैँको शुभकामना रहेको बताए । यस महोत्सवले दराज साथै नबिल कार्डवाहकमाझ छुट्टै उत्साह थपिने उनले विश्वास व्यक्त गरे । दराजका तर्फबाट भने अरुण फुँयालले हस्ताक्षर गरेका थिए । बैंकले देशभरि दुई सय ३३ शाखा र दुई सय ६९ एटीएम काउन्टरमार्फत सेवा दिइरहेको जानकारी दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया