काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आफ्ना वितकरकहरूको व्यावसायिक कर्जा सुरक्षा समाधानका योजनाहरू विस्तार गर्दै नबिल बैंक लि.सँग च्यानल फाइनान्सिङ लागि सम्झौता गरेको छ । यही भदौ २० गते युनिलिभर नेपाल लि.का तर्फबाट प्रबन्धक निर्देशक, अमलान मुखरजी र नबिल बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत, ज्ञानेन्द्र प्रसाद ढुंगानाले नबिल बैंक लि.का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एसएमई तथा लघुवित्तका प्रमुख निरज बस्नेत (डनिल)का साथै युनिलिभरका मुख्य वितरकहरूको उपस्थितिमा सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता हस्ताक्षरसँगै हामीले आफ्ना तीन जना प्रमुख वितरकहरूलाई च्यानल फाइनान्सिङ सुविधाका लागि सिफारिसपत्र पनि हस्तान्तरण गरेका छौँ, युनिलिभरले भनेको छ ।
यसअन्तर्गत युनिलिभर नेपाल लि.सँग आबद्ध व्यवसायीहरूले च्यानल पार्टनरको रूपमा थप व्यवसाय विस्तार गर्न चालू पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशैभरि फैलिएका शाखा सञ्जालहरूबाट च्यानल फाइनान्सिङ कर्जा उपभोग गर्न पाउनेछन् । च्यानल फाइनान्सिङका प्रमुख आकर्षणअन्तर्गत च्यालन प्रिन्सिपलले आफ्ना च्यालन पार्टनरहरूलाई सामान बिक्री गरेको बिलबराबरको पूरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ । साथै व्यवसायीहरूको लागि व्यवसाय विस्तार गर्न अन्य एसएमई कर्जा पनि उपलब्ध हुनेछ ।
यस सहकार्यबाट नेपालभरि दुई सयभन्दा बढी शाखाहरू चलयमान रहेको नबिल बैंक लिमिटेडमार्फत नेपालभरि रहेका हाम्रा अधिकांश वितरकहरूले उपरोक्त कर्जा सुविधा सरलरूपले प्राप्त गर्न सक्नेछन् भने हाम्रा उपभोक्ताहरूले अनवरतरूपमा दैनिक उपभोज्ञ ब्रान्डहरूको उपभोग गर्न सकिने सुनिश्चितता समेत प्राप्त भएको छ । हामी युनिलिभर नेपाल लिमिटेड र नबिल बैंक लिमिटेडसँगको यस समझदारीको निम्ति सहकार्यका साथ अगाडि बढ्नेमा प्रतिबद्ध भएको युलिलिभरले जनाएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया