Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षणबीच सम्झौता

माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षणबीच सम्झौता


काठमाडौं  । माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता भएको छ । बैंकका अनुसार कृषि कर्जा सुरक्षण गर्ने विषयमा कोषसँग सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतामा हस्ताक्षर भएसँगै बैंकले कृषि व्यावसायको लागि प्रवाह गरेको तीन करोड रुपैयाँसम्मको कर्जा कोषले सुसक्षण गर्नेछ । तीन करोड रुपैयाँसम्मको त्यस्तो कर्जामध्ये एक करोडभन्दा माथिको कर्जाको हकमा बैंकले कोषको पूर्वस्वीकृति लिनुपर्ने हुन्छ ।

यसप्रकार सुरक्षण गर्ने कर्जाको सुरक्षण शुल्क शून्य दशमलव छ प्रतिशतमध्ये ५० प्रतिशत नेपाल सरकारले अनुदानमार्फत व्यहोर्ने र बाँकी ५० प्रतिशत मात्र दुई किस्तामा बैंकले कोषमा बुझाउनेछ । कोषमा सुरक्षित कृषिकर्जा ऋणीको मृत्यु भएमा वा प्राकृतिक प्रकोपबाट कृषि परियोजना नाष्ट भएमा वा अन्य विभिन्न काराणबाट कर्जा असुली हुन नसकेमा बैंकले दाबी गर्नसक्ने र उक्त दाबीमा कोषले ८० प्रतिशतसम्म भुक्तानी गर्ने बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया