सिक्लेस हाइड्रोले साधारण सेयर बिक्री गर्ने
बर्दिया । सिक्लेस हाइड्रोपावर कम्पनीले साधारण सेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही भदौ २९ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ११ करोड ५० लाख रुपैयाँबराबरको ११ लाख ५० हजार कित्ता साधारण सेयरको बिक्री खुला गर्न लागेको हो ।
बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्रीकार्य छिटोमा यही असोज दुई गते र ढिलोमा असोज १२ गते बन्द हुनेछ । बिक्री गरिने कुल सेयरमध्येमा पाँच प्रतिशत अर्थात् ५७ हजार पाँच सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि, तीन प्रतिशत अर्थात् ३४ हजार पाँच सय कित्ता सेयर कर्मचारीको लागि छुट्याइएको छ भने बाँकी १० लाख ५८ हजार कित्ता सेयर सेयर सर्वसाधारणको लागि बिक्री गरिनेछ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया