Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारबेष्ट फाइनान्सद्वारा बाल कल्याण आधारभूत विद्यालयलाई स्मार्ट टिभी सहयोग

बेष्ट फाइनान्सद्वारा बाल कल्याण आधारभूत विद्यालयलाई स्मार्ट टिभी सहयोग


काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले बाल कल्याण आधारभूत विद्यालय, बालाजुलाई ३२ इन्चको स्मार्ट टिभी सहयोग गरेको छ । फाइनान्सको गोङ्गबु शाखाले सीएसआर कार्यक्रमअन्तर्गत विद्यालयलाई सो टिभी सहयोग गरेको जानकारी दिएको छ ।

फाइनान्सको गोङ्गबु शाखाका प्रबन्धक प्रीति बस्नेतका अनुसार उक्त विद्यालयलाई फाइनान्सको तर्फबाट स्मार्ट टिभीको साथमा स्टेसनरी सामग्री समेत हस्तान्तरण गरिएको थियो । फाइनान्सले भविष्यमा पनि यस किसिमका सामाजिक उतरदायित्वका कार्यहरूमा निरन्तर सहयोग गर्दै जाने जनाएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया