Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सको शाखा बनेपामा

समृद्धि फाइनान्सको शाखा बनेपामा


काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको राष्ट्रियस्तरको इजाजतपत्र प्राप्त गरी छिटो, सरल र सहज तरिकाले विभिन्न बैंकिङ सेवासुविधाहरु प्रदान गर्दै आइरहेको समृद्धि फाइनान्सले आफ्नो सातौँ शाखाको रुपमा बनेपा शाखा कार्यालयको उद्घाटन गरेको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि बनेपा नगरपालिकाका मेयर शान्ती रत्न शाक्यले सोमबार बनेपा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेकी हुन् । उक्त कार्यक्रममा बनेपा उ.वा. संघका उपाध्यक्ष कैलाश पलाञ्चोक, बनेपा न.पा. वडा नं. ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धरसहित विभिन्न व्यक्तित्वको उपस्थिति थियो । साथै उक्त कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनीले स्वागतमन्तव्य राख्दै फाइनान्सको वित्तीय कारोबारसम्बन्धी जानकारी गराएका थिए । त्यस्तै चाँडै आठौँ शाखाको रुपमा जनकपुर शाखाको पनि उद्घाटन गरिने जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत सुरज कुमार सर्राफले बताए ।

Open photo

समृद्धि फाइनान्सले मुद्दती निक्षेपको योजनाअन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया