Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई क्यापिटल र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

ग्लोबल आईएमई क्यापिटल र नेपाल क्लियरिङ हाउसबीच सम्झौता


काठमाडौं । ग्लोबल आईएमई क्यापिटल र नेपाल क्लियरिङ हाउसबीच व्यावसायिक सम्झौता भएको छ । सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल र एनसिएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात् क्यापिटलको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडेर एनपीएसअन्तर्गतको विभिन्न भुक्तानी उपकरण प्रयोग गर्न सकिनेछ । यसबाट लाभांश भुक्तानी, डीपी शुल्क संकलन, ट्रेड तथा म्युचुअल फण्डसम्बन्धी भुक्तानी सोझै लाभग्राहीका खातामा पठाउन सकिनेछ । पहिलो चरणमा क्यापिटलले रिक्वेस्ट टु पे डाइरेक्ट डेबिटअन्तर्गत विभिन्न संकलन तथा लाभांशसम्बन्धी भुक्तानीको कारोबार सुरु कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया