सेञ्चुरी कमर्सियल बैंकको जंगल भिल्ला र त्रिसारासँग सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्ट, चितवन तथा त्रिसारा, काठमाडौंबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई जंगल भिल्ला रिसोर्ट, चितवन र त्रिसारा, काठमाडौंमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।
जंगल भिल्ला रिसोर्ट, चितवनमा एकोमोडेशन शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र जंगल भिल्ला रिसोर्टका तर्फबाट बजार प्रमुख सुहानी गिरीले हस्ताक्षर गरेका हुन् । साथै त्रिसारा, काठमाण्डौंमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त छुट त्रिसरा, पेरोस पिज्जा र त्रिसारा– द बेकिङ्ग फ्याक्ट्रीमा समेत उपलब्ध हुनेछ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र त्रिसारा, काठमाण्डौंका तर्फबाट प्रबन्ध निर्देशक शोभन विर मालाकारले हस्ताक्ष गरेका हुन् । बैंकले हाल एक सय ४७ वटा शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र एक सय १५ वटा एटीएममार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया