Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारकामना सेवा विकास बैंकको ‘चाडपर्व अफर’

कामना सेवा विकास बैंकको ‘चाडपर्व अफर’


काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना फोन–पे क्यूआर ग्राहकहरूलाई चाडपर्वको समयमा डिजिटल भुक्तानी गरी चाडपर्व अझै रमाइलो र भुक्तानी सहज गर्ने उद्देश्यले चाडपर्व अफर ल्याएको छ । यो योजनाअनुसार बैंकले आफ्ना फोन–पे क्यूआर ग्राहकहरूलाई यही असोज नौ गतेदेखि लागू हुनेगरी डिजिटल भुक्तानीमार्फत आकर्षक छुट प्रदान गर्ने छ ।

‘यस चाडपर्व लाइफ इजी बनाऔँ, नगद छोडौँ फोन–पे गरौँ’ भन्ने नाराका साथ क्यूआर ग्राहकहरूले क्यूआर प्रयोग गरी भुक्तानी गरेमा भुक्तानी रकमको १० प्रतिशत वा एक सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै फोन–पेबाट क्यूआर आईबीएफ्टी तथा अनलाइन–पे मेन्ट गर्दा ग्राहकहरूले हरेक दिन एक लाख जित्न सक्नेछन् ।

साथै फोन–पे क्यूआरबाट भुक्तानी लिँदा व्यवसायीहरूले हरेक दिन स्मार्ट फोन जित्न सक्नेछन् । ग्राहकहरूले यो लक्की ड्रमा सहभागी हुन फोन–पे अफर एपमा गई फेस्टिभ च्यालेन्ज एसेप्ट गर्नुपर्नेछ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया