श्रृजनशील लघुवित्तको खुद मुनाफामा गिरावट
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा गिरावट आएको छ । संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा चार करोड २९ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाले छ करोड ५७ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी सात करोड रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा ८२ करोड ४५ लाख ३५ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २८ करोड ८२ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १५ करोड ५२ लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको, प्रोभिजा रकम दुई करोड २६ लाख ४४ हजार रुपैयाँ रहेको छ भने निष्त्रिय कर्जाको अनुपात दुई दशमलव ११ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ६१ करोड ८९ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८२ करोड ४९ लाख ६४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड ९५ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा प्रोभिजन रकम एक करोड ६३ लाख ४४ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव १६ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
- धरौटिमा छुटे दिपेश पुन
- अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
- नेपालमा अर्थतन्त्रका चुनौतीहरू
- भूकम्पका दश वर्ष पुनर्निर्माण अलपत्र
- प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
- लाभांश बाड्न नसक्ने अवस्थामा फाइनान्स कम्पनीहरु
- १६औँ योजनामा आर्थिक वृद्धिको लक्ष्य घटाइयो
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया