Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल लाइफको कल सेन्टर दशैँको विदामा पनि सञ्चालनमा रहने

नेपाल लाइफको कल सेन्टर दशैँको विदामा पनि सञ्चालनमा रहने


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैँको विदाको समयमा पनि जिज्ञासा तथा गुनासो सुनुवाइका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ । इन्स्योरेन्सले आफ्नो कल सेन्टर दशैँको विदाको अवधि (दशैँको टिकाको दिन बाहेक) बिहान १० बजे देखि बेलुका ५ बजेसम्म संचालन गर्नेछ ।

ग्राहकहरुले कम्पनीको कल सेन्टरमा कल, इमेल, ह्वाट्स एप, भाइबरमार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्नेछन् । यसबाट ग्राहकहरु लाभान्वित हुने विश्वास इन्स्योरेन्सले लिएको छ । देशैभरि फैलिएर रहेका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका एक सय ८९ शाखा तथा उपशाखाहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु सरल, सहज, तवरले प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया