Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्र बैंकद्वारा प्रतिबन्धित ठूला दरका भारतीय नोटसहित तीन जना पक्राउ

राष्ट्र बैंकद्वारा प्रतिबन्धित ठूला दरका भारतीय नोटसहित तीन जना पक्राउ


काठमाडौं । सरकारको निर्देशनमा नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएको ठूला दरको भारतीय नोटसहित तीन जना महिलाहरू पक्राउ परेका छन् ।

अवैधरूपमा भारतीय प्रतिबन्धित मुद्रा नेपालको वीरगञ्ज सिमानाका हुँदै भित्र्याउँदै गरेको भन्ने सूचनाको आधारमा यही असोज २२ गते बिहान अन्दाजी ०९ः३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय वीरगञ्ज, पर्सा कार्यालय मातहत वडा प्रहरी कार्यालय बिर्ता तथा प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चोकस्थित सडकखण्डमा सवारीसाधन तथा पैदलयात्रीलाई चेकजाँच गर्ने क्रममा तीन जना महिलाहरूलाई पक्राउ गरिएको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीको
भनाइ छ ।

प्रवक्ता गिरीका अनुसार पक्राउ पर्नेहरूमा भारत रक्सौलदेखि वीरगञ्जतर्फ आउँदै गरेकी जिल्ला नुवाकोट साबिक गाविस शिखरवेसी वडा नं. ७ बस्ने अन्दाजी ४५ वर्षकी अनिता तामाङ र निजको साथमा आएकी धादिङकी ३० वर्षीय मन्जु तामाङ बताउने महिलाले बोकी ल्याएको झोला तथा निजको शरीरको तलासी लिँदा निजहरूमध्येका अनिता तामाङको साथबाट भारतीय रुपैयाँ दुई हजार दरको नोट ५५ थान, पाँच सय दरको पाँच हजार तीन सय ८० दिन समेत गरी २८ लाख भारतीय रुपैयाँ, निजको साथमा आएकी मन्जु तामाङको साथबाट भारतीय रुपैयाँ पाँच सय दरको एक सय १२ थान गरी जम्मा भारतीय रुपैयाँ ५६ हजार समेत गरी स्रोत नखुलेको कुल भारतीय रुपैयाँ २८ लाख ५६ हजार रुपैयाँ फेला परेको र निजहरूसँगै भारतबाट आएका जिल्ला नुवाकोट शिख्रा वेँशी वडा नं. ७ बस्ने वर्ष ४४ की सरिता अग्रवाल समेतको उक्त प्रतिबन्धित नोटहरू ल्याउने कार्यमा संलग्नता देखिएको हुँदा उल्लिखित रुपैयाँ बरामद तथा निजहरूलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया