Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकद्वारा विभिन संस्थालाई सहयोग

महालक्ष्मी विकास बैंकद्वारा विभिन संस्थालाई सहयोग


काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरतरूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले विभिन्न संस्थाहरूलाई सहयोग गरेको छ । बैंकका अनुसार बैंकको विभिन्न शाखाहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संस्थाहरूलाई सहयोग गरेका हुन् ।

बैंकको कमाने शाखाद्वारा मकवानपुर जिल्लाको पुरानो अस्पताल, हेटौँडा अस्पताललाई कुर्सी हस्तान्तरण गरिएको छ । हेटौँडा अस्पतालको नवनिर्मित भवनमा सेवा लिन आउने बिरामीहरूलाई सहजता होस् भन्ने उद्देश्यले बैंकले उक्त कुर्सी प्रदान गरेको हो । साथै बैंकको आँबुखैरेनी शाखाद्वारा आँबुखैरेनी–६ मा अवस्थित आँबुखैरेनी क्याम्पसलाई पङ्खा हस्तान्तरण गरिएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठन वातावरणमा सहजताका लागि १५ थान पङ्खा हस्तान्तरण गरेको हो ।

No description available.

त्यसैगरी बैंकको नारायणगढ शाखाद्वारा भरतपुर महानगरपालिका वडा नं २ आँपटारी, मिलनटोलमा अवस्थित शिवालय मन्दिरलाई कुर्सी हस्तान्तरण गरिएको छ । मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरू र मन्दिर परिसरमा बिहान, दिउँसो र साँझमा घुम्न आउने ज्येष्ठ नागरिकहरूलाई आराम गर्न सहयोग होस् भन्ने  हेतुले बैंकले उक्त कुर्सीहरू मिलन टोल विकास  संस्थालाई प्रदान गरेको हो ।

उल्लेखित कार्यक्रम सँगसगै बैंकको मैतिदेवी शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं ३० मा अवस्थित मैतिदेवी मन्दिरमा सीसी क्यामेरा जडान गरिएको छ । मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरू साथै मन्दिर परिसरको सुरक्षाका निम्ति बैंकले मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिसँग समन्वय गरी दुई थान सीसी क्यामेरा जडान गरेको हो ।

आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तररूपमा सञ्चालन गर्ने जानकारी बैंकले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया